विशेषगरी उपन्यासबाट म पढाइको असली मज्जा पाउँछु । स्कुल पढ्दा सर, मिस अनि आफूभन्दा ठूला दाजु-दिदीले कुरा गरेको सुन्दा उपन्यास पढ्ने रहर औधी जाग्ने गर्थ्यो । तर त्यसताका स्कुलका भुराभुरीले उपन्यास पढ्नुहुँदैन, यसले दिमागलाई कोर्सबुकको पढाइबाट अन्यत्र भुट्छ भन्थे । त्यसैले मन भएर पनि मेरो दादा र म केही बालपत्रिकाहरूको सीमित घेरोमै आफ्नो अध्ययनशीलतालाई खुम्च्याउन विवश थियौँ । अध्ययनको धुन कस्तो थियो भने, स्कूलका कोर्सका किताबहरू किनेर ल्याएको दिन नै त्यसमा भएका कथा-कुथुङ्ग्रीहरू पढिसक्थेँ ।
स्कुले बेलादेखिको उपन्यास पढ्ने तिर्खा भने मैले एसएलसी दिएपछि नै मेट्न पाएँ । १२ मा पढ्ने छिमेककी साथीको पाठ्यक्रमका पुस्तकहरू माइतीघर र मसान नाटक मागिल्याएर पढेँ । स्कुलमा स-साना पाठहरू मात्र पढ्दै आएको कारण सुरुमा त त्यत्रा सिनित्तै पुस्तक कसरी पढ्ने भनेर म आत्तिएँ । तर पढ्न थालेपछि दुई दिनमै दुवै पुस्तक पढिछिचोल्दा अनौठो आनन्द मिल्यो । त्यस बेलाका चर्चित र मैले थाहा पाएसम्मका सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, शिरीषको फूल, पागल बस्तीलगायतका उपन्यास पढेँ । पुस्तक पढेर सकेपछि त्यसैको वरिपरि घोत्लिँदा पनि पुस्तक पढिरहेजस्तै आनन्द आउँछ । यो सायद पठनकै अर्को चरण होला ।
धेरैजसो पुस्तक पढेपछि नयाँ ऊर्जा पाएजस्तो लाग्छ । सुस्ताएको मनलाई पनि चार्ज
गर्ने तागत तिनमा हुन्छ । नेपाली साहित्यबाट झाङ्गिँदै विश्वसाहित्यको भन्डारमा पस्दा सुरुवाती क्रममा नेपालीमा अनूदित पुस्तकहरू पढेँ । त्यसबेलामा गोर्कीको आमा, भिक्टर हृयुगोको न्याट्रेड्यामको कुम्वे, पाउलो कोयल्होको द अल्केमिस्ट, पर्ल वकको कल्याणी धर्ती, हर्मन हेस्सेको सिद्धार्थ लगायतका पुस्तक पढेँ । 'सिद्धार्थ'बाट सांसारिक जीवनको खुला परिवेशमा रहेर पनि बुद्घत्त्वसमान ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दर्शन पाएँ । कतिपय पुस्तकको नेपाली अनुवाद चित्त नबुझेर अङ्ग्रेजीमै खोजेर पनि पढ्नुपर्यो । विदेशी साहित्यकारमा पाउलोको पुस्तक सकेसम्म छाडि्दनँ । उनको द अल्केमिस्ट सबैभन्दा मन पर्यो । यसले मलाई लक्ष्य सामुन्नेमै घुमिरहेको छ भन्ने सोच भर्दै त्यसलाई धैर्य गरेर पर्खन सिकाएको छ । पाउलोकै फिफ्थ माउन्टेनमा युद्घले तहसनहस संरचनालाई केही व्यक्ति मिलेर पुनः निर्माण गरेको उज्यालो सम्भावनाको कथा छ । उनका प्रायशः कृतिले जीवनप्रति आशा जगाउँछन् । सपना साकार पार्ने पाठशाला भन्दा बढ्ता हुँदैन पाउलोका पुस्तकहरू ।
उमेरको परिर्वतनसँगै मानिसका सोचाइहरू परिर्वतन भए अनुरुप पुस्तकको छनोटमा पनि यस्तो कुराले निकै महत्त्वपूर्ण भूमिका खेल्छ । साथै आफू हुर्किरहेको वातावरणले पनि आफूले पढ्ने पुस्तकमा धेरै प्रभाव पारिरहेको हुन्छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । यसहपाठीहरू स्मीता पौडेल, गुरु रेग्मी र शिशिर शर्माको पढन्ते टोलीमा पुस्तकहरू साटफेर गर्दै पढ्ने र कुनै नयाँ पुस्तक आयो कि त छिटछिटो पढिसिध्याएर आपसमा बाँडीचुँडी गर्ने हतारका ती दिनहरू बिर्सिनसक्नुको छ । पहिले-पहिले निबन्ध भनेपछि टाढा भाग्ने म साथीहरूकै प्रभावले निबन्धहरू पनि पढ्न थालेकी छु । पाँच/छ वर्षअघि पढेको शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन: प्याज किताबले निबन्धको पठनमा आकर्षण थपिदियो । आत्मपरकताभित्र विषयवस्तुको तिक्खर चेत मैले निबन्धमा खोज्ने गुहृय कुरा हो । यस्ता पुस्तकले आफूलाई बुझ्न र जीवनप्रतिको दृष्टिकोण बनाएर जिउन सघाउने रहेछन् ।
उपन्यासको संसारमा फैलिँदा धच गोतामेको घामका पाइलाहरू, ध्रुवचन्द्र गौतमको अलिखित, गोविन्दराज भट्टराईको सुकरातका पाइला र मुग्लानले निकै मोहनी लगाए । आख्यानले मनोरञ्जन मात्र दिन्छ भनिन्छ, तर आख्यानमा भएको कुरा बुझ्न सक्यो भने गैरआख्यानले दिनेजत्तिकै ज्ञान पाइन्छ । तर त्यस्तो गुदीकुरा सबै आख्यानहरूमा हुन्छन् भन्नु सबै गैरआख्यान कृति विशिष्ट हुन्छन् भन्नुबराबर अन्धोको हात्तीछमाइ हुन्छ । पहिलोपल्ट नै कृष्ण धराबासीको झोला कथाले अमिट छाप छाडेको हुनाले उनका पुस्तक सकेसम्म छाडेको छैन ।
पछिल्लो चर
णमा पढेको सञ्जीव उप्रेतीको घनचक्कर सामाजिक-राजनीतिक सूक्ष्मता छामेको नौलो उपन्यास भईकन अधुरो पुस्तक हो जस्तो लाग्छ । पुस्तकभरि खोजैखोजको प्रसङ्ग आएर पनि पात्रको खोजीको ठोस कुरा के हो नखुलेको हुँदा पुस्तक अधुरो लाग्यो । विमोचन भएको पर्सिपल्ट नै पढेर सकेको नारायण वाग्लेको पल्पसा क्याफे र पाँच-छ दिनपछि पढेको कर्ण शाक्यको सोच मेरो पहिलो सही छनोट थियो । यस्ता पुस्तक पढ्न बजारको हल्ला कुर्नुपर्दैन । गान्धीको सत्यके प्रयोग अथवा आत्मकथा अनि ओशोको मैं मृत्यु सिखाता हु पुस्तकले मलाई तरङ्गति बनाएका छन् । अहिले आएर म अध्यात्मिक पुस्तकहरू पढ्न थालेकी छु । अध्यात्मिक ज्ञान पाउँदै जाँदा पढिएका विविध पुस्तकहरूका सार समग्रमा उस्तै-उस्तै हो झैँ लाग्न थालेको छ ।
तपाईंको ब्लगमा पहिलो चोटी घूमफिर गर्ने मौका पाएँ| तपाईंको ब्लगको साजसज्जा तपाईं झै सुन्दर रहेछ | शुभकामना !
ReplyDeleteAnitaji, its my pleasure to read about paulo in your blog. I am also the big fan of him. The book really is the master piece of him,which inspire to dream and realize it. You may also check a short and very inspiring book (available online), 'Jonathan Living stone seagull' of similar theme.
ReplyDeleteCongratulation for your new taste of book
Cheers!
नेपाली साहित्य मा पनि प्रसंशा गर्न र संग्रह गर्न योग्य पुस्तकहरु छन् । तपाईले उल्लेख गर्नुभएका पुस्तकहरु कुनै पढेँ कुनै सुन्दैछु ।
ReplyDeleteयहाँ ले भने जस्तै "झोला" कथा ले पहिलो पटक मै मोहनी लगाएको थियो । तर एउटा कुरा म बुझ्न सक्दिन कि, प्राय: युवापुस्तालाई या साहित्य सर्जकलाई कुन पुस्तक पढ्नुभएको छ भनेर सोद्धा नेपाली किताब को नाम लिन किन गाह्रो मान्छन् । उनीहरु विदेशी किताबहरु को नाम लिन्छन्, जुन प्रख्यात भएका छन् या लेखक प्रख्यात छन् ।
जस्तो अहिलेलाई सोध्ने हो भने, सबैले "एलकेमिस्ट" को नाम लिन्छन् । तर "सुकरात का पाइला" खै, थाहा नै छैन भन्न पनि बेर लगाउँदैछनन् ।
'सिद्धार्थ'लाई धेरै जनाले नै अनुवाद गरेका रहेछन् । त्यसमध्ये कुमुद देवकोटा को मलाई मन परेको छ ।
ReplyDeleteभर्खरै "नेपाल" साप्ताहिक मा फिचर छ नि, "ध्वस्त अनुवाद" भन्ने, त्यो पढ्नु भयो ???
The Alchemist is one of my most fav book. what i still remember is the Alchemist notion that,"the whole universe conspires to help you get what you want"
ReplyDeletepalpasa cafe chahi padeko chaina...
ReplyDeleteपूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना
Anita jee
ReplyDeleteHappy New Year 2066 to u n your family.
Belgium
khoi malai ta book padhnu bhaneko ta jail ma basejasto lagchha. i dont know one thing tetro moto moto nobel haru kasari phadchhna manchhe harule. dikka lagdaina ?
ReplyDeleteकमेन्ट ढिलै भएपनी स्विकार्नु होला। किताब सम्बन्धी तपाईंको अनुभवहरु रमाइलो लाग्यो । आफ्नो ब्लग लाई यसरी नै सिगार्दै लानु होला । यही मेरो शुभकामना
ReplyDeleteमानुसीजी
ReplyDeleteनितान्त फरक प्रश्न - अँध्यारो किन रूचाउनु भएको ?
ब्लग राम्रो रहेछ अझै पनि राम्रा राम्रा कुरा हरु बाट अघि बढ्दै जानु होला मेरो सुभकामना तपाइलाई
ReplyDeleteधन्यबाद .....
Good article, I appreciate the content ! I have an humble request though. Could you change the color and complexion of your blog so that it becomes easier for the reader while reading through bigger articles. I don't say the color is bad, but I felt some dizziness while going through the page. My concentration should have been on the article but due to sharp yellow color it was constantly deviated while i was reading. Please don't take this as an assault but rather a suggestion from the reader.
ReplyDeleteDearest Esteems,
ReplyDeleteWe are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.
Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator